दफा १९
संघ, संस्था खोल्न, सञ्चालन गर्न तथा भाग लिन नहुने

(१) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै पनि व्यक्तिले देहायको काम कारबाही गर्नु हँदैन ः-
(क) संघ, संस्था वा सङ्गठन खोल्न, सञ्चालन गर्न, सदस्य बन्न, सहयोग गर्न वा त्यस्तो संघ, संस्था वा सङ्गठनले आयोजना गरेको कार्यक्रममा भाग लिन,
(ख) कुनै सभामा भाग लिन, भाषण गर्न वा राजनीतिक वा यस्तै अन्य उद्देश्यबाट कुनै व्यक्ति वा समूहले आयोजना गरेको प्रदर्शनमा भाग लिन,
(ग) कुनै पर्चा, पाम्प्लेट वा त्यस्तै प्रकारका अन्य कागजपत्रहरू छपाउन ।
(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले नेपाल सरकारको स्वीकृति लिई यस ऐनको अधीनमा रही कुनै धार्मिक, सामाजिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक संघ, संस्था वा सङ्गठनलाई सहयोग गर्न वा त्यस्तो संघ, संस्था वा सङ्गठनद्वारा आयोजित कार्यक्रममा भाग लिन बाधा पुयाएको मानिने छैन ।